यूईएफए नेसन्स लिग : सर्बियाले स्वीडेनलाई ४–१ गोलले हरायो

 असोज ९, २०७९ आइतबार ८:५२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यूईएफए नेसन्स लिग फुटबलमा सर्बियाले स्वीडेनलाई हराएको छ । सर्बियाले स्वीडेनमाथि ४–१ को पूनरागमन जित निकालेको हो । गएराति भएको खेलको १५औँ मिनेटमा भिक्टोर क्लाइसनको गोलबाट स्वीडेनले अग्रता लिएको थियो । तर, स्वीडेनले त्यो अग्रतालाई जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

सर्बियाका एलेक्सान्डर मित्रोभिकले ह्याट्रिक गरे । त्यस्तै सासा लुकिकले थप एक गोल गरे । यस जितसँगै सर्बिया लिग 'बी' समूह ४ मा १० अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । समान १० अङ्क रहे पनि नर्वे शीर्षस्थानमा छ ।

पराजित स्वीडेन ३ अङ्क जोडेर पुछारमा रहँदा स्लोभेनियाको ५ अङ्क छ । एर्लिङ ब्राउट हालान्डको गोलका बाबजुद नर्वेले स्लोभेनियासँग हार बेहोरेको छ । नर्वे घरेलु टोली स्लोभेनियासँग २–१ ले पराजित भएको हो । अरु खेलमा नर्दन आयरल्यान्डले कोसोभोलाई, स्कटल्यान्डले आयरल्यान्डलाई र इजरायलले अल्वानियालाई समान २–१ गोलले हराएका छन् । यस्तै साइप्रसले ग्रीसलाई १–० गोलले हराएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया