नेपाल एअरलाइन्सले सुरु गर्‍याे अन्तर्राष्ट्रिय गन्तव्यमा 'अनलाइन बुकिङ'

 असोज १०, २०७९ सोमबार १५:१५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले आज साेमवारदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय गन्तव्यमा अनलाइन टिकट बुकिङ सुरु गरेको छ ।

आजदेखि यात्रुले निगमका सबै गन्तव्यका टिकट अनलाइनमार्फत लिन सक्नेछन् । यात्रुले विश्वको कुनै पनि ठाउँबाट निगमको वेबसाइट www.nepalairlines.com.np बाट अनलाइन बुकिङ्ग गरी टिकट खरिद गर्न सक्नेछन् ।

निगमले अहिले दिल्ली, मुम्बई, बेंगलाेर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । अनलाइन टिकेटिङ सेवामार्फत संसारभरका यात्रुलाई टिकट खरिदमा सहजता हुने निगमले जनाएको छ ।

अन्तिम अपडेट: जेठ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया