शेयर बजार आज दाेहाेराे अङ्कले बढ्याे

 असोज ११, २०७९ मंगलबार १५:१४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ति आइतवार झन्डै २४ अङ्कले घटेको शेयर बजार आज मङ्गलवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ९२ अङ्कले बढेर एक हजार आठ सय ३१ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।

होटल र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजार बढे पनि कारोबार रकममा भने सुधार भएको छैन । २१ लाख सात हजार कित्ता शेयर ६६ करोड ३० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै रिडी हाइड्रोको दुई करोड ८५ लाख रुपैयाँकाे शेयर किनबेच भएको छ ।

आज सामुदायिक लघुवित्तको शेयर १० प्रतिशत तथा अभियान लघुवित्त र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि गरिमा डिबेन्चरकाे शेयर १० प्रतिशत तथा साम्लिङ पावर कम्पनीको शेयर साढे चार प्रतिशतले घटेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया