आईसीसी वरीयतामा दीपेन्द्र र सन्दीपकाे सुधार

 असोज १२, २०७९ बुधबार १६:४७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० ब्याटिङ वरीयतामा नेपालमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सुधार गरेका छन् । 

आईसीसीले सार्वजनिक गरेको टी–२० काे नयाँ वरीयतामा ऐरी एक स्थान माथि पुगेका छन् । ब्याटिङको नयाँ वरीयतामा दीपेन्द्र ५९ औँ स्थानमा रहेका छन् । ब्याटिङतर्फ नै कुशल भुर्तेलको वरीयता भने यथावत् रहेको छ । कुशल ५४ औँ स्थानमा यथावत् रहेका छन् ।

यस्तै बलिङतर्फ सन्दीप लामिछाने एक स्थान वरीयता सुधार गर्दै ६१ औँ स्थानमा उक्लिएका छन् । दीपेन्द्र अलराउन्डर वरीयताको १० औँ स्थानमा कायमै रहेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया