इङ्ग्ल्यान्डसँगको पाँचौँ टी–२० क्रिकेटमा पाकिस्तान विजयी

 असोज १३, २०७९ बिहीबार ७:१९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्ल्यान्डसँगको पाँचौँ टी–२० क्रिकेटमा पाकिस्तान विजयी भएको छ । गएराति लाहोरमा भएको खेलमा पाकिस्तान ६ रनले विजयी भयो । पाकिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्रै बनाउन सक्यो ।

इङ्ग्ल्यान्ड कप्तान मोइन अलीले अविजित ५१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । पाकिस्तानका हरिस राउफले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभरमा अलआउट हुँदै १ सय ४५ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ६३ रनको अर्धशतकीय पारी खेले । इङ्ग्ल्यान्डका मार्क उडले ३ तथा डेविड विलि र साम करणले २/२ विकेट लिए । जितसँगै ७ खेलको टी–२० शृङ्खलामा पाकिस्तानले ३–२ को अग्रता बनाएको छ । यसअघि दोस्रो र चौथो खेलमा पाकिस्तान विजयी भएको थियो ।

पहिलो र तेस्रो खेल इङ्ग्ल्यान्डले जितेको थियो । पाकिस्तान र इङ्ग्ल्यान्डबीचको छैटाैँ खेल भोलि शुक्रवार र सातौँ तथा अन्तिम टी–२० खेल आइतवार हुनेछ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया