साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका नेताद्वय योगेश भट्टराई र विष्णु रिमालबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चलेको छ । अमेरिकामा रहेका नेता रिमालले नेपालमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भेला गरेपछि त्यसैलाई लक्षित गरी ट्वीट गर्नुभएको थियो । त्यसपछि अर्का नेता योगेश भट्टराईले त्यही शैलीमै जवाफ फर्काउनुभएको हो ।
दुवै नेताबीच सामाजिक सञ्जालमै सवाल जवाफ भएको पहिलो घटना भने होइन । यसअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकतको प्रयास चलिरहेका बेला नेता भट्टराईले दुवै पार्टीका अध्यक्षले सन्यास लिनुपर्ने बताएपछि नेता रिमालले त्यसलाई भट्टराईको माकफुईँले सगरमाथा चढेको टिप्पणी गर्नुभएको थियो । त्यसको जवाफमा नेता भट्टराईले रिमाललाई मेन्सन नै गरेर आफूविरुद्ध जतिसुकै नरकारात्मक टिप्पणी गरे पनि रिमालप्रति आफ्नो सधैं सम्मान रहने बताउनुभएको थियो ।
दुवै नेताबीच पार्टीभित्र देखिने खालको विवाद नभए पनि दुवैजना फरक फरक समूहका नेता हुन् । रिमाल अध्यक्ष ओली निकट हुनुहुन्छ भने भट्टराई नेता माधव नेपाल निकट ।
दुवैजनाबीच अघिल्लो अधिवेशनमा सचिव हुँदादेखि अझ चर्को प्रतिस्पर्धा देखिएको हो । ओलीको प्यानलबाट सचिवका प्रत्यासी रहेका रिमाल पराजित हुनुभएको थियो भने भट्टराईले नेपाल प्यानलबाट सचिव जित्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।