इटहरीका पूर्वमेयर द्वारिकलाल चाैधरी माओवादी केन्द्रमा प्रवेश

 असोज १६, २०७९ आइतबार १४:२७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एमाले नेता एवम् इटहरी उपमहानगरपालिका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आइतवार आफ्नै निवासमा एक कार्यक्रम गरी चौधरीलाई टीका र खादा लगाएर माओवादीमा स्वागत गर्नुभएको छ । एमालेबाट टिकट नपाउने सम्भावना देखेपछि चाैधरी माओवादी प्रवेश गर्नुभएको शंका छ । माओवादीले चौधरीलाई प्रदेश सभा सदस्यको टिकट दिने तयारी गरेको छ ।

चौधरी माओवादीमा प्रवेश गर्नुले निकै ठूलो अर्थ राख्ने दाबी गर्दै प्रचण्डले इटहरीको बहुचर्चित मेयरको रूपमा राष्ट्रियरूपमा स्थापित भएका नेतालाई भित्र्याउन पाउँदा खुसी लागेको बताउनुभएको छ । एमाले अब प्रतिगमन समर्थित पार्टी भएको कुरा चौधरीले बेलैमा बुझेर माओवादी प्रवेश गरेको प्रचण्डको जिकिर छ । 

तस्बिर : प्रचण्डकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • शम्भु ढकाल

    Oct. 2, 2022, 4:43 p.m.

    यता पस्याे उता पस्याे दुई चार दिन नाम आउँछ समाचारमा । पदकालागि मरिहत्ते गर्नु भन्दा कुनै सकारात्मक र राेजगारीमुलक काम गर्या भए हुन्याे यी पूर्व हरुले ।हुनता कामै पाे के जान्या हाेलान र नाककाे डाँडी भाच्छु भन्न बाहेक ।

  •  0 Reply

तपाईको प्रतिक्रिया