स्पेनिस ला लिगा : बेन्जिमा पेनाल्टीमा गोल गर्न चुकेपछि रियल मड्रिड बराबरीमा रोकियो

 असोज १७, २०७९ सोमबार ८:४७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियलले ओसासुनासँग १–१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा रियलले अङ्क बाँड्नुपरेको हो । खेलको ४२ औँ मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५५औँ मिनेटमा किकेले गोल गर्दै ओसासुनालाई १–१ को बराबरीमा ल्याए ।

खेलको ७८औँ मिनेटमा गार्सियाले रातो कार्ड पाएपछि ओसासुना १० खेलाडीमा समेटिएको थियो । त्यसलगत्तै करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्न चुकेपछि रियल जित निकाल्न असफल रह्यो । यो बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । रियल ७ खेलमा १९ अङ्क जोडेर दोस्रो स्थानमा छ ।

शीर्ष स्थानको बार्सिलोनाको १९ अङ्क छ । ओसासुना १३ अङ्क जोडेर छैटौँ स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया