एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडाैं - निर्देशक दीपाश्री निरौला र कलाकार दीपकराज गिरी यतिबेला छक्का पञ्जा ३ को प्रचारमा जुटेका छन् ।
असोज २४ गते घटस्थापनाको दिनदेखि प्रदर्शनमा आउन लागेको यो सिनेमाको प्रचारमा निर्माण पक्षले कुनै पनि कसर बाँकी नराख्ने भएको छ ।
यसैकारण अहिले दीपक एकपछि अर्को पसल उद्घाटनमा दौडिन थालेका छन् । यसअघि प्राय पसलहरु उद्घाटन गर्न दीपाश्री एक्लै जाने गरेकी थिईन् । तर यतिबेला भने सिनेमाको प्रचार प्रसारको लागि भन्दै समय निकालेर दीपक पसल पसलमा उद्घाटनाका लागि पुगिरहेका छन् ।
गएकाे शुक्रबार र शनिबार दीपकले लगातार दीपासँग दुईवटा पसल उद्घाटन गरेका छन् ।
दीपक र दीपाले शनिबार काठमाडाैंको सिटी सेन्टरमा खोलिएको निल डेभिड सैलुनको नयाँ शाखा उद्घाटन गरेका छन् । उद्घाटनको लागि तयार भएका दीपा र दीपकको लुक्सले पनि चर्चा पाएको छ ।
यी दुई निकै नै आकर्षक लुक्सका साथ साखा उद्घाटनमा पुगेका थिए । सार्वजनिक तस्बिरमा पनि दीपक र दीपा झन् भन्दा झन् युवा देखिंदै गएको प्रतिक्रिया धेरैले दिएका छन् ।
निल डेभिडको यो ६४ औँ शाखा हो । यस अघि याे सैलुन भारतमा पनि उद्घाटन गरिसकिएको छ । भारतको नयाँ दिल्लीमा खोलिएको निल डेभिड सैलुन उद्घाटनमा अभिनेत्री विपना थापा पुगेकी थिइन् ।
त्यस्तै सिनेमाको प्रचारलाई नै सहयोग पुग्ने हिसाबले यी दुइले शुक्रबार मैतिदेवीमा खोलिएको केकेएफसी रेष्टुरेण्ट पनि रिबन काटेर उद्घाटन गरे ।
काठमाण्डौको पिपुल्स प्लाजा पछि केकेएफसीको नयाँ शाखा मैतिदेवीमा पनि खाेलिएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।