यसवर्ष झरीमय दशैँ

 असोज १९, २०७९ बुधबार ८:२०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यसवर्षको दशैँ झरीमय बनेको छ । देशका धेरै ठाउँमा पानी परेको छ ।

दशैँको मुख्य दिन आज मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ  । विगतमा कोरोना महामारीले केही खल्लो भएको दशैँ यसवर्ष धेरै उत्साहका साथ मनाइँदैछ । तर, लगातार जसो परिरहेको पानीले टिका थाप्न मान्यजन र आफन्तकहाँ पुग्नेहरुलाई सास्ती भएको छ ।

दशैँमा यात्रा गर्दा सडक तथा खोलाबारे पूर्वजानकारी लिन तथा छाता, बर्सादी बोक्न मौसमविद्ले आग्रह गरेका छन् । प्रदेश एक, मधेश, गण्डकी, लुम्बिनीलगायतका प्रदेशमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

झापा, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, सप्तरी, ओखलढुङ्गा, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, अर्घाखाँची, गुल्मी, नवलपरासी, रोल्पा, रूकुम पूर्व, प्यूठानलगायतका जिल्लामा ठूलो वर्षा भएको छ । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया