ग्लाेबल आईएमईले एकैसाथ ४ वटा नयाँ शाखा सञ्चालनमा ल्यायाे
मंसिर २४, २०८० आइतबार
काठमाण्डौ – बडादशैँलाई खानपिनको पर्वका रूपमासमेत चिनिन्छ । देशका विभिन्न ठाउँमा दशैँमा खानपिन गरी रमाइलो गरेर मनाइने भए पनि बैतडीसहित सुदूरपश्चिममा सात्त्विक हिसाबले दशैँ मनाउने गरिन्छ ।
सुदूरपश्चिममा पुस्तौँदेखि सात्त्विक दशैँ मनाइँदै आइएको हो । मानसरोवर क्षेत्रसँग जोडिएको हुनाले यसलाई मानसखण्ड क्षेत्र भनिएको र मानसखण्ड शिवको तपोभूमि भएकाले यो क्षेत्रमा मनाइने चाडपर्वहरू सात्त्विक हिसाबले मनाउने चलन छ ।
दशैँको घटनास्थापनाको दिनदेखि नै धेरैजसोले नवरात्र उपासना तथा जाग्राम बसेर विजयादशमीको टीका ग्रहण गरेर मात्रै भोजन गर्ने चलन रहेको निङ्गलाशैनी भगवती मन्दिरका पुजारी देवदत्त भट्टले बताउनुभयो । सुदूरपश्चिममा दशैँका बेला खानपिनभन्दा भक्तिभावमै बढी केन्द्रित हुने गरेको पाइन्छ ।