एएफसी यू–१७ : नेपाल भियतनामसँग ५ गोलले पराजित

 असोज २१, २०७९ शुक्रबार १९:४९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – एएफसी १७ वर्षमुनिको एसियन कप छनोटको दोस्रो खेलमा नेपाल भियतनामसँग फराकिलो अन्तरले पराजित भएको छ ।  

भियतनामको भियत त्रि मैदानमा भएकाे खेलमा नेपाल भियतनामसँग पाँच–शून्य गोलले पराजित भएको हो । नेपालले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल खायो । लगातार दोस्रो हारसँगै नेपालको छनोटको सम्भावना लगभग सकिएको छ ।

नेपाल अङ्कविहीन हुँदै पुछारमा छ । भियतनाम ६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ  । थाइल्यान्ड ६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा नेपाल थाइल्यान्डसँग तीन–शून्य गोलले पराजित भएको थियो । 

नेपालले पर्सि आइतवार चाइनिज ताइपेईसँग खेल्नेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछ । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया