आर्सनललाई पछि पार्दै म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

 असोज २३, २०७९ आइतबार ६:५५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ ।

गएराति भएको खेलमा साउथह्याम्प्टनलाई ४–० गोलले हराउँदै सिटी आर्सनललाई पछि पारेर शीर्ष स्थानमा पुगेको हो । सिटीलाई जिताउन क्यानसेलो, फोडेन, महरेज र हालाण्डले गोल गरे । जितसँगै सिटीको २३ अङ्क भएको छ । दोस्रो स्थानको आर्सनलको २१ अङ्क छ ।

गएराति नै भएको खेलमा चेल्सीले उल्भ्सलाई ३– गोलले हरायो । चेल्सी १६ अङ्कसहित चौथो स्थानमा पुगेको छ ।

यस्तै, ह्यारी केनको गोलमा ब्राइटनलाई हराएको टोटनह्याम तेस्रो स्थानमा कायमै छ । गएराति नै भएका अरु खेलमा न्युक्यासलले ब्रेन्टफोर्डलाई र बर्नमाउथले लेस्टर सिटीलाई हराएका छन् । 
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया