लोसपाका ८ उम्मेदवारको टुङ्गो लाग्यो, राजेन्द्र महतोले गठबन्धनको साथ नपाउने

 असोज २३, २०७९ आइतबार ८:१९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्ता गठबन्धनमा सामेल भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रतिनिधि सभामा सात सिट पाउने सहमति भएको छ ।

सर्लाही २ मा चाहिँ मित्रवत प्रतिस्पर्धा गर्ने सहमतिपत्रमा उल्लेख छ । 

सर्लाही २ मा गठबन्धनबाट माओवादीको चुनाव चिह्न लिएर नेपाल समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष महिन्द्रराय यादवले उम्मेदवारी दिँदै हुनुहुन्छ । त्यहाँ लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाएको छ । यादवले छोड्न नमानेपछि महतोले सत्ता गठबन्धनको साथ नपाउने हुनुभएको छ । 

यी हुन् लोसपाले टुङ्गो लगाएका उम्मेदवार
सप्तरी १ – जयप्रकाश ठाकुुर
धनुषा ३ – अनिलकुमार झा
महोत्तरी २ – शरदसिंह भण्डारी
महोत्तरी ३ – महन्थ ठाकुर
सर्लाही १ – रामप्रकाश चौधरी
सर्लाही २ – राजेन्द्र महतो
बारा ३ – प्रमोद गुप्ता 
पर्सा १ – लक्ष्मणलाल कर्ण

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया