प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि हुम्लाका उम्मेदवारद्वारा काठमाण्डाैमा नै मनोनयन दर्ता

 असोज २३, २०७९ आइतबार १७:३२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि हुम्ला जिल्लाका उम्मेदवारहरुले काठमाण्डाैमा नै उम्मेदवारी दर्ता गराएका छन् ।

गएकाे एक हप्तादेखि परेको वर्षाका कारण दुर्गम हिमाली जिल्लाहरुमा हिमपात भइरहेकोले हवाईजहाज जान नसक्दा हुम्ला जिल्लाका उम्मेदवारहरुले भने काठमाण्डाैमा रहेकाे निर्वाचन आयोगकाे मुख्य कार्यालयमा उपस्थित भएर मनोनयन पत्र दर्ता गराउनुभएको हो । आयाेगले आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आइतवार मनोनयन दर्ता गर्ने समय दिएको हाे ।

नेकपा (एमाले) को तर्फबाट हुम्ला जिल्लामा प्रतिनिधि सभाका उम्मेदवार दल रावलले मौसम खराब भएर जिल्लामा जान नसकेका कारण पार्टीको औपचारिक पत्र र प्रतिनिधि करार गरेको पत्र निर्वाचन आयोगमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा पठाएको बताउनु भयो ।

उहाँले आफ्नो पार्टीको प्रतिनिधि सभा र प्रदेश सभामा पनि निर्वाचन आयोगमार्फत नै मनोनयन दर्ता गराएको बताउनु भयो । सत्तारुढ गठबन्धनका उम्मेदवारले पनि काठमाण्डाैबाट नै मनोनयन दर्ता गराउनुभएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मौसम खराबीका कारण हेलिकप्टर, प्लेन जान सकेन । पार्टीको औपचारिक पत्र र प्रतिनिधि करार गरेको पत्र हामीले निर्वाचन कार्यालयमा पठाएका छौँ । गठबन्धनका साथीहरुले पनि यहीँ गर्याैँ । दुवै प्रदेशको पनि गर्याैँ ।’

 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया