१७ वर्षमुनिकाे एसियन कप छनाेट : नेपाल अन्तिम खेलमा पनि पराजित

 असोज २३, २०७९ आइतबार १९:५२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – १७ वर्षमुनिकाे एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । भियतनाममा आज आइतवार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल चाइनिज ताइपेसँग ४–२ गोलले पराजित भएको हो ।

१० खेलाडीमा समेटिएको नेपालले अन्तिम १० मिनेटमा २ गोल खायो । त्यसअघि पहिलो हाफमा नेपालले २ गोल खाएको थियो । चाइनिज ताइपेका लिन हाइ चिङले २, ताइ यान याउ र लु थिङले एक/एक गोल गरे । नेपालका कप्तान प्रशान्त लक्षम र धन सिंह विकले गोल गरे । नेपालका दीपक थापा मगर ७८ औँ मिनेटमा दोहोरो पहेँलो कार्डपछि रातो कार्ड खाएर बाहिरिएका थिए ।

यसअघि नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ३–० र आयोजक भियतनामसँग ५–० ले पराजित भएको थियो । समग्रमा १२ गोल खाएको नेपालले दुई गोलमात्रै गर्न सक्यो ।

समूह ‘एफ’ मा रहेका नेपाल र चाइनिज ताइपेई यसअघि नै छनोटबाट बाहिरिएका थिए । समूह विजेता एसियन कपमा छनोट हुनेछ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया