कर्णाली र बबई नदीको तटीय क्षेत्रमा भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह

 असोज २३, २०७९ आइतबार २०:३३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उत्तर–पूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण नेपालमा देखिएको मौसमी प्रणाली अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रमा केन्द्रित हुँदा त्यहाँका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले राप्ती, कर्णाली र बबई जलाधार क्षेत्रमा पर्ने बाँके, बर्दिया लगायतका जिल्लामा ठूलो पानी परिरहेकोले यी नदी तटीय क्षेत्रमा जोखिम रहेको छ । कर्णाली नदीको कैलालीमा रहेको चिसापानी केन्द्रमा जल सतहले खतरा तह पार गरेकाे र अझै बढ्ने क्रममा रहेकोले बर्दिया र कैलालीको तटीय क्षेत्रका बासिन्दालाई अग्लो सुरक्षित ठाउँमा जान महाशाखाले आग्रह गरेको छ । 

यस्तै महाकाली नदीले डडेल्धुरामा रहेको पारि–गाउँ बाढीमापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको छ । जल सतह बढ्दो क्रममा रहेकोले डडेल्धुरा र कञ्चनपुरको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन शाखाले आग्रह गरेको छ । यस्तै बबई नदीको बर्दियामा रहेको बाढी मापन केन्द्रमा जल सतहले खतरा तह पार गरेकाले तटीय क्षेत्रमा रातिसम्म नै सावधानी अपनाउन भनिएको छ । 

आज राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया