प्रिमियर लिग : रोनाल्डोको कीर्तिमानी गोलसँगै म्यानचेस्टर युनाइटेड विजयी

 असोज २४, २०७९ सोमबार ७:५७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलसँगै म्यानचेस्टर युनाइटेड विजयी भएको छ । म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ४४औँ मिनेटमा क्रिस्टियानो रोनाल्डाेले गरेको गोल नै म्यानचेस्टर युनाइटेडका लागि जितका लागि निर्णायक बन्यो । त्यसअघि म्यानचेस्टर युनाइटेडका लागि खेलको १५औँ मिनेटमा एन्टाेनी मार्टियलले एक गोल गरेका थिए  । एभर्टनले खेल सुरु भएको पाँचाैँ मिनेटमा गोल गरे पनि अग्रता कायम राख्न सकेन।

यसैबीच, क्रिस्टियानो रोनाल्डोले क्लबस्तरमा आफ्नो ७००औँ गोल पूरा गरेका छन् । गएरातिको खेलमा एक गोल गरेसँगै क्लबस्तरमा उनको गोल सङ्ख्या सात सय पुगेको हो ।

यस्तै, राति नै भएका खेलमा वेष्टह्यामले फुलह्यामलाई ३–१ ले र क्रिस्टल प्यालेसले लिड्सलाई २–१ गोल अन्तरले हराएका छन् । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया