राजापुरका झन्डै ८ सय घर डुबानमा : सरकारले उद्धार नगरेकाे, राहत नदिएकाे भन्दै स्थानीयवासी आक्रोशित

 असोज २५, २०७९ मंगलबार १३:५२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका झन्डै आठ सय घर डुबानमा परेका छन् । गएकाे सोमवार बेलुकादेखि पसेको कर्णाली नदीको बाढीका कारण कर्णाली आसपासका केही गाउँ डुबानमा परेका हुन् ।

स्थानीयवासीका अनुसार डुबानमा परेर धेरैजसो धरको क्षति दौलतपुर गाविसमा भएको छ । अहिले पालिका र जिल्ला प्रहरी कार्यालयको सहयोगमा उद्धारको काम भइरहेको स्थानीयवासीले बताए । कर्णालीको पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको छ । स्थानीय टीकाराम जोशीले बाढीका कारण घर डुबानमा पर्दा परिवार कहाँ छन् भन्ने कुरा पनि थाहा पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले कर्णालीको पानीको बहाव कम हुने छाँटकाँट नदेखिएकाले कसरी बाँच्ने भन्ने समस्या भएको बताउनुभयो । 

त्यस्तै बर्दियाकै राजापुर नगरपालिका–१ दौलतपुरका स्थानीय लोकराज ढुंगानाले सोमवार बेलुकादेखि बाढी गाउँ पसेको र नदीमा पानीको बहाव बढिरहेकाले झनै समस्या थपिएको गुनासो गर्नुभयो । 

बस्ती नै डुबानमा पर्दासमेत सरकारले उद्धार नगरेकाे र राहत नदिएको भन्दै स्थानीयवासी आक्रोशित छन् । गएकाे वर्षकाे बाढीका कारण पनि गाउँ डुबानमा परेको तर सरकारले कुनै राहत नदिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई यस वर्षको चुनावमा पश्चिमका नागरिकले परास्त गर्ने उनीहरू बताउँछन् । 

अविरल वर्षाका कारण पश्चिम तराईका जिल्लामा बाढी र डुबानका कारण जनजीवन प्रभावित बनेको छ । गएकाे पाँच दिनयता भइरहेको वर्षाले देशभरका पहाडी जिल्लामा पनि पहिरोको जोखिम बढाएको छ । खहरे खोलामा आएको बाढी र विभिन्न ठाउँमा गइरहेको पहिरोका कारण गाडी आउजाउमा समस्या भइरहेको छ । 

जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र ती क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नुका साथै बाढी आउन सक्ने र कृषि, पर्यटन, पर्वतारोहणलगायत दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया