त्रिदेशीय टी–२० : बङ्गलादेशसँगको दोस्रो खेलमा पनि न्युजिल्यान्ड विजयी

 असोज २६, २०७९ बुधबार १४:३१:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत बङ्गलादेशसँगको दोस्रो खेलमा पनि न्युजिल्यान्ड ४८ रनले विजयी भएको छ ।

क्राइस्टचर्चमा न्युजिल्यान्डले दिएको दुई सय नाै रनको लक्ष्य पछ्याएको बङ्गलादेशले २० ओभरमा सात विकेट गुमाएर एक सय ६० रनमात्रै बनाउन सक्यो । उसका शकिब अल हसनले सर्वाधिक ७० रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका एडम मिल्नले तीन तथा माइकल ब्रेसवेल र टिम साउथीले दुई/दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले डेभन कनवेको ६४ र ग्लेन फिलिपको ६० रनकाे मद्दतमा दुई सय आठ रन बनाएको थियो । बलिङतर्फ बङ्गलादेशका माेहम्मद सैफुद्दिन र इबादाेत हुसैनले दुई/दुई विकट लिए ।

त्रिदेशीय शृङ्खलाका चार खेलमा तीन खेल जितेको न्युजिल्यान्ड शीर्ष स्थानमा र तीन खेलमा दुई खेल जितेको पाकिस्तान दोस्रो स्थानमा छ । बङ्गलादेशले भने खाता पनि खोल्न सकेको छैन ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया