‘बोक्सी उद्योग’सँगै ‘सानो वृत्तमा कमिलाहरु’

 असोज १५, २०७५ सोमबार ११:१३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

शिल्पी थियटर बत्तिसपुतलीमा यतिबेला ‘सानो वृत्तमा कमिलाहरु’ नामक नाटक मञ्चन भैरहेको छ ।  नेदरल्याण्डका रंगकर्मी लिमा रोडले निर्देशन गरेको यो नाटकको असोज १० गतेदेखि मञ्चन सुरु भएको हो भने असोजको २० गतेसम्म मञ्चन हुनेछ । 

नाटक  सानो वृत्तमा कमिलाहरु आँशु रचनामा आधारित प्रयोगले भरिएको  नाटक हो ।   अष्ट्रियन नाटककार पिटर  ह्याङकेको नाटक ‘दि आवर वि नो नथिङ  अफ इच अदर’  नाटकको शैलीलाई पछ्याउँदै यो नाटक तयार  गरिएको हो । 

यो नाटक ह्याङकेको नाटकबाट प्रभावित नाटक हो ।  ६० मिनेट लामो यो नाटक सडकमा घटित छ  ।  

एकअर्कालाई चिने जस्तो लाग्ने अपरिचितहरु बीचको पहिचानको खोजी र विभिन्न घटनाहरुलाई क्रमभङग गरेर यात्रुहरुले दृश्य निर्माण गर्छन् ।  

यस नाटकमा अभिनय गर्ने शिल्पीका नवौँ  सत्रका विद्यार्थीहरुले नाटकलाई  यहाँसम्म ल्याइपुर्याउन निकै नै मेहनत गरेका छन् ।  

नाटकमा आशिम खनाल,  अवतार पाठक,  दिपशिखा दवाडी,  गोविन्द वली, मन्जरी दवाडी, मोहन  प्रकाश, नागेन माखिम,  रबिन परियार, शैलेन्द्र थेवे,  पेस्ला कटुवाल, निशिम श्रेष्ठ, शारदा गिरी,  सुमित भण्डारीलगायतका कलाकारको अभिनय रहेको छ । 

उता कुञ्ज थियटर थापागाउँ नयाँ वानेश्वरमा बोक्सी उद्योग नामक नाटक मञ्चन भइरहेको छ ।  

प्रभाकरदेव शर्माको निर्देशन रहेको यस नाटकलाई रामकुमार एलनले लेखेका हुन् ।  असोज  ५ गतेदेखि मञ्चन सुरु भएको यस नाटक असोजको २० गतेसम्म मन्चन हुने्छ ।  यो नाटक आइतबार बाहेक अन्य बार दिउँसो १ बजे र साँझ ५ बजे मन्चन हुनेछ  । 

यस नाटकमा  केसी राजा,  टार्जन दाहाल,  पदम घिमिरे, बालानन्द मैनाली,  नितु पौडेल,  नमस्ते दिवाकर घिमिरे,  दीपिका थापा,  अल्बिना न्यौपाने,  विकास शर्मा, प्रमिसा राई, किरण रेग्मी,  ऋषिकेश बस्याल, रोयल राया, प्रताप राईलगायतका कलाकारको अभिनय रहेको छ ।  नेपालको  सामाजिक बिसंगतीलाई केन्द्रमा राखेर यो नाटक तयार पारिएको हो ।  

नेपाली समाजमा बोक्सीका नाममा भएका जघन्य अपराधहरुलाई  किन  कसले,  कस्तो नियतले,  कसरी  दर्दनाक रुपमा घटाइरहेका छन् भन्ने कुरा यस नाटकमा समावेश गरिएको छ ।  २१ औँ शताब्दीमा पनि बोक्सी प्रथा  किन उद्योग जसरी सञ्चालन भइरहेको छ ? भन्ने कुराको खोजी यो नाटकले प्रस्तुत गरेको छ । 

–उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया