नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदै, सम्पूर्ण तयारी पूरा

 असोज २८, २०७९ शुक्रबार ६:४२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु हुँदैछ । पोखरा रङ्गशालामा आज विशेष समारोहकाबीच नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुनेछ । उद्घाटनमा ओलम्पिक टर्च ओलम्पियन टीकाबहादुर बोगटीले प्रज्वलन गर्नेछन् ।

मार्चपास, झाँकी, गीत, नाचगान लगायतका कार्यक्रम रहेको छ । कोभिड महामारी लगायतका कारण ४ वर्षपछि राष्ट्रिय खेलकुद हुन लागेको हो ।  गण्डकीमा भने ३९ वर्षपछि प्रतियोगिता हुन लागेको हो ।  यसअघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको थियो ।

प्रतियोगिताका धेरैजसो खेलहरु पोखरा रङ्गशालामा हुनेछन् ।  प्रतियोगितामा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।  विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मीसहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाउँदैछन् ।

नवौँ राष्ट्रिय खेलकुदमा विभिन्न ३६ खेलमा कुल ६ हजार १ सय ५७ खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता कात्तिक ३ गतेसम्म चल्ने छ । प्रतियोगिताको औपचारिक उद्घाटन आज हुन लागे पनि क्रिकेट, ह्याण्डबल, फेन्सिङ, फुटबल, भलिबल र हकीको प्रतिस्पर्धा यसअघि नै सुरु भइसकेको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टङ्कलाल घिसिङले बताउनुभएको छ।

तस्बिर : रासस

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया