न्युजिल्यान्डलाई हराउँदै पाकिस्तानले जित्याे त्रिदेशीय टी–२० शृङ्खलाकाे उपाधि

 असोज २८, २०७९ शुक्रबार १४:३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे उपाधि पाकिस्तानले जितेको छ । आज शुक्रवार भएको फाइनल खेलमा न्युजिल्यान्डलाई पाँच विकेटले हराउँदै पाकिस्तानले उपाधि जितेको हो । 

क्राइस्टचर्चमा जितका लागि पाएको एक सय ६४ रनको लक्ष्य पाकिस्तानले १९ ओभर ३ बलमा पाँच विकेट गुमाएर भेटायाे । पाकिस्तानका मोहम्मद नजावले नटआउट ३८ र मोहम्मद रिजवानले ३४ रन जोडे । बलिङतर्फ न्युजिल्यान्डका माइकल ब्रेसवेलले दुई विकेट लिए । 

यसअघि न्युजिल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६३ रन बनाएको थियो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले सर्वाधिक ५९ रन बनाए । यस्तै ग्लेन फिलिप्सले २९ र मार्क चापम्यानले २२ रन जाेडे । बलिङतर्फ पाकिस्तानका नसीम शाह र हरिस रउफले दुई–दुई विकेट लिए । 

त्रिदेशीय शृङ्खलामा पाकिस्तान, न्युजिल्यान्ड र बङ्गलादेशको सहभागिता रहेको थियो । बङ्गलादेशले यो शृङ्खलामा एक खेल पनि जित्न सकेन । अस्ट्रेलियामा आउँदाे आइतवारदेखि सुरु हुन लागेको टी–२० विश्व कपअघि तीन देशले शृङ्खला खेलेका हुन् ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया