फेन्सिङमा आर्मी टिम च्याम्पियन

 असोज २८, २०७९ शुक्रबार १७:३७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । स्वर्ण, रजत र कास्य ५–५ वटा जितेकाे आर्मी टिम च्याम्पियन बनेको हो । 

चार स्वर्ण, तीन रजत र एक कास्यसहित बाग्मती प्रदेश दोस्राे तथा दुई स्वर्ण, चार रजत र सात कास्यसहित सशस्त्र प्रहरीकाे एपीएफ तेस्राे भए ।

यस्तै सुदूरपश्चिम प्रदेशले एक स्वर्ण र दुई कास्य, गण्डकीले चार कास्य तथा प्रदेश १ ले तीन कास्य पदक जिते । 

प्रतियोगितामा १२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । यस प्रतियाेगिताका खेलहरू पोखरा रङ्गशालामा रहेकाे बहुउद्देश्यीय कभर्ड हलमा भएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया