साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ...
फागुन २८, २०८१ बुधबार
काभ्रे – सडक विभाग र बनेपा नगरपालिकाले अरनिको राजमार्गको सीमानाभित्र बनाइएका घर टहरा भत्काउन सुरु गरेको छ ।
सोमबार काभ्रेको सीमाना सुरु हुने साँगाबाट अतिक्रमण गरेर बनाइएका अनाधिकृत घरटहरा भत्काउन सुरु गरेको हो । सामानसहितका घर टहरा भत्काउन थालेपछि स्थानीयले विरोध गर्न थालेपछि केहीबेर साँगामा झडप समेत भएको थियो । स्थानीयले बिरोध गरेपछि २ घण्टा सामान सार्न समय दिइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिल जंग शाहले जानकारी दिनुभयो ।
भत्काउने अभियानमा ठूलो संख्यामा सशस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालन गरिएको छ । अरनिको राजमार्गको साँगा चोकदेखि बनेपा चण्डेश्वरी खोलासम्म सडकको दाया बायाँ ७५ फिट सीमानाभित्र रहेका घर टहरा हटाउने निर्णय यसअघि नै गरेको थियो ।
घर टहराहरु हटाउन सडक विभाग, डिभिजन कार्यालय भक्तपुरबाट सूचना समेत जारी भइसकेको छ । तर त्यो बाहेक भने ८२ फिटको सीमाना तोकिएको छ ।
स्थानीयले भने सर्वोच्चले गरेको फैसला अनुसार पहिले क्षतिपूर्ति पाउनुपर्ने र तिहारसम्म नभत्काउन आग्रह गरेका थिए । उनीहरुले मुआब्जा आउनेबित्तिकै घरटहरा भत्काउन सहयोग गर्ने बताउनुभयो ।
स्थानीय राजेन्द्र श्रेष्ठले क्षतिपूर्ति पाएपछि तथा दसैं तिहार मनाएपछि भत्काउन माग गर्नुभयो । ‘सामानहरु सारेकै छैन्, भन्ने वित्तिकै कसरी हुन्छ, क्षतिपूर्ति दिनुस्, अनि भत्काउनुस्’, स्थानीय बाबुकृष्ण श्रेष्ठले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।