१० हजार मिटर दौडमा आर्मीका दीपकले बनाए कीर्तिमान

 असोज ३०, २०७९ आइतबार १०:४४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

कीर्तिमानसहित उनले स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालामा आज बिहान १० हजार मिटर दूरी उनले ३० मिनेट १० दशमलव ३० सेकेण्डमा पार गर्दै ८ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।

यसअघि सन् २०१४ मा चीनमा भएको इन्चोन एसियाडमा ३० मिनेट १० दशमलव ९९ सेकेण्डमा १० हजार दूरी पार गर्दै एपीएफका धावक गोपीचन्द्र पार्कीले कीर्तिमान बनाएका थिए ।

त्यही स्पर्धामा गोपीचन्द्र पार्कीले रजत पदकमा चित्त बुझाए । उनले निर्धारित दूरी ३० मिनेट ३८ दशमलव ३० सेकेण्डमा पूरा गरे । तेस्रो आर्मीकै गजेन्द्र राई भए । उनले निर्धारित दूरी ३० मिनेट ४९ दशमलव ५० सेकेण्डमा पूरा गरे ।

१० हजार मिटरको महिला प्रतिस्पर्धा हिजाे भएको थियो । यसमा वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितिन् ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया