स्पेनिस ला लिगा : रियल मड्रिडले बार्सिलोनालाई ३–१ गोलले हरायाे

 असोज ३१, २०७९ सोमबार ६:५२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलकै चर्चित खेल एल क्लासिको अर्थात बार्सिलोनासँगको खेलमा रियल मड्रिड विजयी भएको छ ।  

गएराति भएको खेलमा रियलले बार्सिलोनालाई ३–१ गोल अन्तरले हराएको हो ।

रियल मड्रिडका लागि करिम बेन्जिमा, फेडेरिको भालभर्डी र रोर्डिगोले गोल गरे ।

बार्सिलोनाका फेरान टोरेसले सान्त्वना गोल गरे । जितसँगै रियल मड्रिड बार्सिलोनासँग तीन अङ्कको अग्रता बनाउँदै शीर्ष स्थानमा पुगेको छ । बार्सिलोना २२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया