आईसीसी टी–२० विश्व कपमा आज दुई वटा खेल हुँदै

 असोज ३१, २०७९ सोमबार ७:४६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान पौने १० बजे वेस्ट इन्डिज र स्कटल्यान्ड खेल्दैछन् । वेस्ट इन्डिज दुई पटकको विश्व विजेता हो ।

तर, पछिल्लो समय प्रदर्शन खस्किएका कारण पहिलो सुपर आठमा पुग्न नसक्दा पहिलो राउन्ड खेल्न लागेको हो ।

यस्तै, आजै दिउँसो पौने २ बजे आयरल्यान्ड र जिम्बाबे खेल्दैछन् । अहिले भारत र अष्ट्रेलियाबीच अभ्यास खेल भइरहेको छ ।  हिजो भएको खेलमा पूर्व च्याम्पियन श्रीलङ्कालाई नामिबियाले हराएको थियो भने यूएई नेदरल्यान्डसँग पराजित भएको थियो । 

यो विश्व कपमा आयोजक अष्ट्रेलियासहित नामिबिया, श्रीलङ्का, यूएई, नेदरल्यान्ड, वेस्ट इन्डिज, जिम्बाबे, आयरल्यान्ड, स्कटल्यान्ड, न्युजिल्यान्ड, अफगानिस्तान, इङ्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बङ्लादेश गरी १६ टोली सहभागी छन् ।

टी–२० विश्व कपमा अहिलेसम्मका ७ संस्करणमा ६ टोली च्याम्पियन बनेका छन् । वेस्ट इन्डिजले दुई पटक विश्व कप जितेको छ । यो विश्व कपको फाइनल खेल नोभेम्बर १३ मा हुनेछ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया