आयल निगमको मासिक घाटा १ अर्ब नाघ्यो

 असोज १५, २०७५ सोमबार १६:१०:७ | उज्यालो सहकर्मी

काठमाडाैं - नेपाल आयल निगमको मासिक घाटा १ अर्ब नाघेको छ । 

भारतीय आयल कर्पोरेशनले सोमबार नेपालाई पठाएको नयाँ मुल्यसूची अनुसार निगमलाई हरेक १५ दिनमा ६४ करोड ५७ लाख र मासिक घाटा १ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । 

नेपाल आयल निगमलाई अहिले डिजलमा प्रतिलिटर ४ रुपैयाँ ४३ पैसा घाटा रहेको छ  । यस्तै पेट्रोलमा ५ रुपैयाँ ४५ पैसा प्रतिलिटर घाटा रहेको छ । एक सिलिन्डर ग्यासमा भने ४ सय ४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ ।

निगमलाई हवाइ इन्धनमा नाफा हुँदै आएको छ, हवाइ इन्धनको नाफा जोडेर पनि निगम मासिक १ अर्व २९ करोड रुपैयाँ घाटामा जाने प्रक्षेपण गरिएको छ ।

निगमले स्वचालित मूल्य प्रणाली अनुसार हरेक १५ दिनमा मूल्य समायोजन गर्दै आएको छ । तर नेपालमा मूल्य बढ्यो भनेर चौतर्फी आलोचना हुँदा नियमित रुपमा स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्न पाएको छैन । 

अहिले भारतमाभन्दा पेट्रोल ३१ रुपैयाँ ७५ पैसा र डिजल ३१ रुपैयाँ १६ पैसा सस्तो रहेको छ । 

भारतमा भन्दा नेपालमा सस्तो भएपछि नेपालबाट भारततर्फ पेट्रोल र डिजलको अवैध निर्यात समेत हुँदै आएको छ । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया