व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न काठमाण्डौ महानगरपालिकाको आग्रह

 कात्तिक १, २०७९ मंगलबार ७:५०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  - काठमाण्डौ महानगरपालिका राजस्व विभागले व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।

विभागले आज सूचना निकालेर काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरुले दर्ता नै नगरि सञ्चालन गरेको पाइएको र कतिपयले सङ्घ सरकार र प्रदेश सरकारबाट इजाजत लिएको भए पनि नजिकको वडा कार्यालयमा दर्ता गर्न अनुरोध गरेको छ ।

विभागले ३० दिनभित्र वडा कार्यालयमा व्यवसाय दर्ता गर्न र महानगरको अनुगमनका क्रममा दर्ता नगरि व्यवसाय गरेको पाइएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ । दर्ता नगरि व्यापार व्यवसाय गरेमा काठमाण्डौ महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमअनुसार जरिबाना असुल गर्ने सूचनामा उल्लेख छ ।

साथै महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची–७ को बुँदा नं. ३ बमोजिम आर्थिक वर्ष २०७२/०७३ लाई आधार वर्षका रूपमा लिइ व्यवसाय कर असुली गरिने ब्यहोरा समेत सार्वजनिक रूपमा जानकारी गराइएको छ ।  

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया