टी–२० विश्व कप क्रिकेट : आज नामिबिया र नेदरल्यान्ड तथा श्रीलङ्का र यूएई खेल्दै

 कात्तिक १, २०७९ मंगलबार ९:१८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह ‘ए’ को नामिबिया र नेदरल्यान्ड तथा दोस्रो खेलमा श्रीलङ्का र यूएईबीच खेल हुनेछ ।

नामिबिया र नेदरल्यान्डको खेल बिहान पौने १० बजे तथा श्रीलङ्का र यूएईको खेल दिउँसो पौने दुई बजे सुरु हुनेछ । अस्ति भएको पहिलो उद्घाटन खेलमा नामिबियाले श्रीलङ्कालाई र दोस्रो खेलमा नेदरल्यान्डले यूएईलाई हराएको थियो ।

त्यस्तै हिजो भएकाे खेलमा स्कटल्यान्डले वेस्ट इन्डिज र जिम्बाबेले आयरल्यान्डलाई हरायो । अस्ट्रेलियामा भइरहेको विश्वकपमा आयोजक अस्ट्रेलियासहित नामिबिया, श्रीलङ्का, यूएई, नेदरल्यान्ड, वेस्ट इन्डिज, जिम्बाबे, आयरल्यान्ड, स्कटल्यान्ड, न्युजिल्यान्ड, अफगानिस्तान, इङ्ग्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बङ्लादेश गरी १६ टोली सहभागी छन् । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया