टी–२० विश्वकप : नेदरल्याण्ड्सले नामिवियालाई पाँच विकेटले हरायो

 कात्तिक १, २०७९ मंगलबार १३:२७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले दोस्रो जित निकालेको छ ।

अष्ट्रेलियाको जिलोङमा भएको खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ५ विकेटले हरायो ।

नामिवियाले दिएको एक सय २२ रनको लक्ष्य नेदरल्याण्ड्सले ५ विकेट गुमाएर तीन बल बाँकी छँदै भेटायो ।

उसको लागि म्याक्स ओडोडले ३५ र विक्रमजित सिँहले ३९ रन बनाए । 

नामिवियाका जेजे स्मितले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नामिवियाले जन फ्राइलिंकको ४३ रन मद्दतमा ६ विकेट गुमाएर एक सय २१ रन बनाएको थियो ।

पहिलो खेलमा नामिबियाले श्रीलंकालाई र नेदरल्याण्ड्सले यूएईलाई हराएका थिए ।

समूह ए मा दुई खेलमा चार अंकसहित नेदरल्याण्ड्स शीर्ष स्थानमा छ । नामिविया दोस्रो स्थानमा छ । श्रीलंका र युएईले अंक जोड्न सकेका छैनन् । श्रीलंका पुछारमा छ । 
 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया