टी–२० विश्व कप : श्रीलङ्काले यूएईलाई हरायाे

 कात्तिक १, २०७९ मंगलबार १७:४६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज भएकाे दाेस्राे खेलमा श्रीलङ्का विजयी भएकाे छ । अस्ट्रेलियाको जिलोङमा भएको खेलमा श्रीलङ्काले यूएईलाई ७९ रनले हरायो ।

श्रीलङ्काले दिएको एक सय ५३ रनको लक्ष्य पछ्याएको यूएईले १७ ओभर एक बलमा अलआउट हुँदै ७३ रनमात्रै बनायो । उसका आयन अफजल खानले सर्वाधिक १९ रन बनाए । बलिङतर्फ श्रीलङ्काका दुशमन्था चमिरा र वानिन्दु हसरङ्गाले तीन/तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले पथुम निसन्काकाे ७४ रनकाे मद्दतमा एक सय ५२ रन बनायो । बलिङतर्फ यूएईका कार्थिक मयप्पनले तीन विकेट लिए । 

जितसँगै श्रीलङ्काले सुपर–१२ मा पुग्ने सम्भावना कायमै राखेको छ । तालिकामा नेदरल्यान्ड्स चार अङ्कसहित शीर्ष स्थानमा छ । नामिबिया र श्रीलङ्काको समान दुई/दुई अङ्क छ । यूएईले खाता खोलेको छैन । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया