नवाैँ राष्ट्रिय खेलकुद : पुलिसलाई डेब्युमै स्वर्ण

 कात्तिक १, २०७९ मंगलबार १८:३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

कास्की – नेपाल पुलिस क्लबको महिला क्रिकेट टोलीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको डेब्यु खेलमा नै स्वर्ण पदक जितेको छ । 

पोखरा रङ्गशालामा आज मङ्गलवार भएको फाइनल खेलमा पुलिसले सशस्त्र प्रहरी बल (एपीएफ) लाई पाँच रनले हराउँदै स्वर्ण जितेको हो । पहिलो पटक महिला टोली बनाएको पुलिसले डेब्यु प्रतियोगितामै ऐतिहासिक स्वर्ण पदक जित्न सफल भयो । 

जितका लागि पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८४ रनमात्र बनाउन सक्याे । एपीएफका लागि रोमा थापाले २६ र राजमती ऐरीले नटआउट १२ रन बनाइन् । बलिङतर्फ पुलिसकी ईश्वरी विष्टले २ तथा हिरन्माई रोय, सङ्गीता राई र कप्तान रुबिना क्षेत्रीले एक/एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ८९ रन बनाएको थियो । पुलिसका लागि काजल श्रेष्ठले २७ र सम्झना खड्काले २१ रन बनाइन् । बलिङतर्फ एपीएफकी नेरी थापा, ईन्दु बर्मा र कप्तान सीता राना मगरले एक/एक विकेट लिए । 

याे हारसँगै एपीएफले रजत पदकमा चित्त बुझाएको छ । आजै भएको अर्को खेलमा बाग्मती प्रदेशले लुम्बिनी प्रदेशलाई सात विकेटले हराउँदै कास्य पदक जितेको थियो ।

यही प्रतियोगिताको पुरुषतर्फको खेलमा पनि नेपाल पुलिस क्लबले नै स्वर्ण पदक जितेको थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया