पुरुष भलिबल : सेमिफाइनल समीकरण पूरा

 कात्तिक १, २०७९ मंगलबार २०:१०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ । 

पोखरा रङ्गशालाको कोर्टमा आज मङ्गलवार भएको अन्तिम क्वाटर–फाइनल खेलमा गण्डकी प्रदेशले प्रदेश १ हराउँदै अन्तिम चारमा स्थान बनाउँदा पुरुष भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको हो । 

एकतर्फीजस्तै देखिएको खेलमा गण्डकीले प्रदेश १ लाई २५–२०, २५–२१ र २५–१३ को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । हारसँगे प्रदेश १ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आजै भएको अर्काे खेलमा एपीएफले लुम्बिनी प्रदेशमाथि तीन–एकको सेटमा जित निकालेको हो । पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २८–२६ ले जितेको थियो । तेस्रो सेट भने लुम्बिनीले २५–२३ ले जित्यो । चौथो सेटमा एपीएफले २५–१७ ले जितेर अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । 

खेलको क्रममा एपीएफका लगातार तीन खेलाडी घाइते भएपछि क्वाटर–फाइनलको खेल केही समयका लागि स्थगित भएको थियो । खेलाडीकै विरोधपछि म्याट झिकेर खेलाइएको थियो । राष्ट्रिय प्रतियोगिता भए पनि भलिबल चाहिँ पुरानै नेट र म्याटमा खेलाइएको छ । पुरानो म्याट भएका कारण चिप्लिएर लगातार खेलाडी घाइते भएका हुन् । 

भोलि बुधवार दुई सेमिफाइनल खेल हुनेछ । पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब खेल्नेछन् । दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेश र एपीएफ खेल्नेछन् । प्रतियोगिताको फाइनल भने पर्सि बिहीवार हुनेछ ।

अन्तिम अपडेट: चैत २६, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया