यूएईले नामिबियालाई हराउँदा नेदरल्यान्ड्स टी–२० विश्व कपकाे सुपर १२ मा

 कात्तिक ३, २०७९ बिहीबार १७:२७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – श्रीलङ्का र नेदरल्यान्ड्स आईसीसी टी–२० विश्व कप क्रिकेटको सुपर–१२ मा प्रवेश गरेका छन् । आज बिहीवार श्रीलङ्काले नेदरल्यान्ड्सलाई हराउँदै सुपर १२ मा पुगेको हो भने यूएईले नामिबियालाई हराउँदा नेदरल्यान्ड्स पनि दोस्रो राउन्डमा पुगेको हो ।

साइमन्ड्स स्टेडियम जिलोङमा भएको पहिलो खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई १६ रनले हरायो । श्रीलङ्काले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर एक सय ४६ रनमात्रै बनाउन सक्यो । नेदरल्यान्ड्सका लागि म्याक्स ओडाउडले नटआउट ७१ रन बनाए । बलिङतर्फ श्रीलङ्काका वानिन्दु हसरङ्गाले तीन र महेश थिकशनाले दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६२ रन बनायो । उसका कुसल मेन्डिसले ७९ रन बनाए ।

यस्तै यूएईलाई हराउनै पर्ने खेलमा नामिबिया पराजित भएपछि नामिबिया सुपर १२ मा पुग्न पाएन । नामिबियाको हारले नेदरल्यान्ड्स सुपर १२ मा पुग्यो । यूएईले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको नामिबियाले आठ विकेट गुमाएर एक सय ४१ रनमात्रै बनाउन सक्यो । उसका डेभिड वाइजले ५५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

भोलि समूह 'बी' बाट सुपर १२ मा पुग्ने दुई टोलीको टुङ्गो लाग्नेछ । भोलि आयरल्यान्ड र वेस्ट इन्डिज तथा स्कटल्यान्ड र जिम्बावे खेल्नेछन् ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया