चुनावमा महिला सहभागिता कम भयो : ओनसरी घर्ती

 कात्तिक ३, २०७९ बिहिबार २०:५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) की नेत्री ओनसरी घर्तीले चुनावमा महिला सहभागिता बढाउन जोड दिनुपर्ने बताउनुभएको छ । 

वाम लोकतान्त्रिक गठबन्धन महिला परिचालन उपसमिति काठमाण्डाै क्षेत्र नम्बर–२ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट काठमाण्डाै २ की उम्मेदवारसमेत रहनुभएकी नेत्री घर्तीले यस्तो बताउनुभएको हो । उहाँले महिलाहरू विभिन्न आन्दोलन र लडाइँका मोर्चामा अग्रपङ्क्तिमा रहेर काम गरे पनि अन्य क्षेत्रमा उनीहरूकाे प्रतिनिधित्व कम भएको गुनासो गर्नुभयो । चुनावमा पनि महिला सहभागिता कम भएको र राजनीतिक पार्टीका नेतृत्वलाई आफूले महिला सहभागिता बढाउनका लागि आग्रह गरेको उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘हामीले विभिन्न जनआन्दोलनमा वा विभिन्न प्रकारका लडाइँका मोर्चामा आफूलाई अग्रपङ्क्तिमा राखेका छौँ । जब आन्दोलन हुन्छ महिलाहरू अघि खटेर लडेका छन् । तर आन्दोलन जब एउटा ठाउँ र विन्दुमा पुगेर सकिन्छ तब महिलाहरू कहाँ गए भनेर खोज्नुपर्ने अवस्था रहेको छ ।’

नेत्री घर्तीले महिलाहरूको प्रतिनिधित्व, पहुँच र प्रेरणा दिनका लागि आफूले चुनावमा उम्मेदवारी दिएको बताउनुभयो । उहाँले आउँदाे पाँच वर्षपछि महिलाहरू हरेक पुरुषसँग प्रतिस्पर्धा गर्न सक्षम र योग्य रहने पनि बताउनुभयो । आफूले देश र जनताका लागि काम गरेको दाबी गर्दै पाँच वर्षपछि अन्य महिला नेत्रीहरू नेतृत्व सम्हाल्नका लागि सक्षम बन्ने उहाँकाे भनाइ थियाे । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया