टि–२० विश्वकपमा आजदेखि सुपर १२ का खेल : अस्ट्रेलिया र न्युजिल्याण्ड तथा अफगानिस्तान र इंग्ल्याण्ड खेल्दै

 कात्तिक ५, २०७९ शनिबार ७:३१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – टि–२० विश्वकप क्रिकेटमा आजदेखि सुपर १२ को खेल सुरु हुँदैछन् । सुपर १२ मा आज समूह ‘ए’ का दुई वटा खेल हुनेछन् ।

पहिलो खेलमा घरेलु टोली अस्ट्रेलिया र न्युजिल्याण्ड खेल्दैछन् । खेल सिड्नीमा दिउँसो पौने १ बजे सुरु हुनेछ । त्यस्तै आज हुने दोस्रो खेल अफगानिस्तान र इंग्ल्याण्डबीच हुनेछ । खेल दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ ।

यसअघि हिजो भएका खेलमा जिम्बावे समूह ‘बी’ को विजेता र आयरल्यान्ड उपविजेता बन्दै सुपर १२ मा पुगेको छ । त्यस्तै समूह ‘ए’ बाट श्रीलंका शीर्ष र नेदरल्यान्ड्स दोस्रो स्थानमा रहँदै सुपर १२ मा पुगिसकेका छन् ।

सुपर १२ को समूह ‘ए’ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड तथा समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, जिम्बावे र नेदरल्यान्ड्स रहेका छन् । 
 

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया