प्याराग्लाइडिङ उडान आजदेखि फेरि सञ्चालनमा

 कात्तिक ६, २०७९ आइतबार १६:२७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक जना खेलाडीको ज्यान गएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आजदेखि फेरि सञ्चालनमा आएको छ ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरणले विभिन्न ५ शर्तसहित देशभर प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको हो ।

प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाई खेलकुद संस्था तयार भएपछि प्याराग्लाइडिङ खुला गरिएको फ्लाइट्स अपरेसन महाशाखाका उप-प्रबन्धक विनय गिरीले जानकारी दिनुभयो ।

प्राधिकरणले तोकेको उडान क्षेत्रमा मात्रै उडान गर्नुपर्ने, प्याराग्लाइडिङ पाइलट १५ दिनभित्र मेडिकल तथा मानसिक अवस्थाको परीक्षण गरी योग्य ठहरिएको हुनुपर्ने, सबै प्याराग्लाइडिङ पाइलटले तोकिएको पोशाक र कम्पनी र पाइलटको नाम स्पष्ट हुनुपन लगायतका शर्त राखेको छ ।

यही असोज ३० गते नवौं संस्करणको राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङ ‘क्रसकन्ट्री’ प्रतियोगिताका क्रममा दुर्घटना हुँदा नेपाल आर्मीका खेलाडी २५ वर्षीय निसिम थापाको ज्यान गएपछि प्राधिकरणको बैठकले दशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया