८२ वटा क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध निर्वाचित
फागुन २८, २०८१ बुधबार
काठमाडौं – दसैँमा यात्रु बोक्ने बसले अब पालो कुर्नु नपर्ने भएको छ । यात्रुको चाप व्यवस्थापन गर्न दसैँ अवधिभर देशैभर पालो निमय हटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभाग, यातायात व्यवसायी र प्रहरीबीचको छलफलले दसैँको यात्रा सहज बनाउन सबै गाडीलाई यात्रु भरिएपछि छुट्न दिने सहमति गरेको हो । पहिलेजस्तो यसपटक व्यवसायीले नयाँ बस नहालेपछि दशैँको चापलाई लक्षित गरी पालो नबस्नुपर्ने व्यवस्था गरिएको हो ।
यस्तै यात्रुलाई टिकट काट्न सहज बनाउन टिकट काउन्टरमै रुटअनुसार भाडादरको सूची राख्न थालिएको छ । यात्रु टिकट काट्ने क्रममा ठगिने भएकाले काउन्टरमै रुटअनुसारको भाडादरको सूची राख्न थालिएको हो ।
यसैगरी धादिङको नौबिसेमा गाडी बिग्रिएर हुने जाम हटाउन ठूला क्रेन ल्याइने भएको छ । अहिले बिग्रेका गाडीलाई तत्कालै हटाउन झ्याप्लेखोला र नागढुंगामा दुई वटा गाडी तान्ने मेशिन अर्थात र्याकर राखिएको छ । यस्तै ठूला मालवाहक ट्रक विग्रिएमा हुने लामो जाम तत्कालै हटाउन सडक विभागले नौबिसेमा क्रेन राख्ने यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
उहाँका अनुसार दसैँमा ठूला मालवाहक गाडीलाई पनि निश्चित समयमा मात्रै चल्न दिइने भएको छ । दसैँमा घर जाने यात्रुको चाप बढ्ने भएकाले जाम सहज पार्न ठूला मालवाहक गाडीलाई निश्चित समय तोकेर मात्रै चल्न दिइने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।