टी–२० विश्व कप : दक्षिण अफ्रिका र जिम्बावेले अङ्क बाँडे

 कात्तिक ७, २०७९ सोमबार १८:३०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिका र जिम्बावेले अङ्क बाँडेका छन् । आज साेमवार भएकाे सुपर १२ काे समूह बी काे दाेस्राे खेल वर्षाले रद्द भएपछि दक्षिण अफ्रिका र जिम्बावेले एक/एक अङ्क बाँडेका हुन् ।

यसअघि नाै ओभरमा झारिएकाे खेलमा जिम्बावेले पाँच विकेट गुमाएर ७९ रन बनाएकाे थियाे । उसका विस्ले मेधेभिरेले नटआउट ३५ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले दुई विकेट लिए । 

खेल पटक–पटक वर्षाले प्रभावित हुँदा दक्षिण अफ्रिकाले सात ओभरमा ६४ रनकाे लक्ष्य पाएकाे थियाे । दक्षिण अफ्रिकाले तीन ओभरमा विना विकेट ५१ रन बनाउँदा फेरि पानी पर्न थालेपछि दुवै टाेलीले अङ्क बाँडेका हुन् । उसका क्विन्टन डी कक ४७ रनमा नटआउट रहे । 

याे बराबरीसँगै दक्षिण अफ्रिका तेस्राे स्थानमा र जिम्बावे चाैथाे स्थानमा रहेकाे छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया