पहिरोले पानीको मूलमा क्षति गरेपछि कर्णाली प्रदेशमा खानेपानीको समस्या

 कात्तिक ९, २०७९ बुधबार १०:१०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

जुम्ला – गएको असोज १९ गतेदेखि २४ गतेसम्मको अविरल वर्षापछि आएको पहिराेले मूलमा क्षति भएपछि कर्णाली प्रदेशमा नागरिकलाई खानेपानीको समस्या भएको छ ।

बाढी र वर्षाका कारण माथिल्लो कर्णालीका विशेष गरी कालीकोट, जुम्ला, मुगु र हुम्ला गएको पहिरोले खानेपानीका मूलमा क्षति पुगेको छ भने कतै मुहान नै बाढीले बगाएर लगेको छ ।

पहिरोले मूल नै बन्द भएपछि त्यहाँका नागरिक खोलाको फोहर पानी खान बाध्य भएका छन् । यसले आउँ पर्ने, झाडापखाला लगायतका विभिन्न रोग लाग्ने समस्याको खतरा पनि बढ्दै गएको छ ।

‘पहिरोले कतै मूल ढाकेको छ त कतै खानेपानीको ट्याङ्की नै बगाएर लगेको छ,’ तिला गाउँपालिका–९ जुम्लाका वडाध्यक्ष धनबहादुर रावतले भन्नुभयो, ‘मानिस फोहर भए पनि अहिले खानेपानी लिन खोलामा नै जान्छन् ।’ खानेपानीको विकल्प नहुँदा त्यही फोहर पानी खानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

विकट बस्तीका नामले चिनिने उक्त वडाका राँसा, मालापानी, ढिपु र खोप्री गाउँवासीले पानीको समस्या खेप्नुपरेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया