गोदावरी 'साइक्लोथन' मा ८ देखि ६२ वर्षसम्मका ४ सय जना सहभागी

 कात्तिक ९, २०७९ बुधबार १९:५६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – नेपाल संवतकाे अवसरमा आज बुधवार ललितपुरको गोदावरी नगरपालिकामा साइक्लोथन अर्थात् साइकल यात्रा गरिएको छ ।

साइकल र्‍यालीमा ८ देखि ६२ वर्षसम्मका चार सय जना सहभागी भएका गोदावरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जगन्नाथ महर्जनले जानकारी दिनुभयो । गोदावरी नगरपालिकाको कार्यालय बज्रबाराहीबाट सुरु भएको र्‍याली ठेचो, चापागाँउ, टाहाखेल, हनुमठ, डुकुछाप, टिकाभैरव, लेले, काभ्रे, बडिखेल, टौखेल, गोदावरी, विशंखुनारायण, ठैब झरुवाराही हुँदै बज्रवाराही आएर समापन भएको थियो ।

साइकल यात्रीलाई विभिन्न ठाउँका नागरिकले ठाउँ–ठाउँमा पानी, चिसो, जुस लगायतका पदार्थ खुवाएर र टीका लगाएर सम्मान गरेका थिए ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया