टी–२० विश्वकप क्रिकेट : आज समूह ‘बी’ का तीन खेलमा बंगलादेश, भारत, पाकिस्तानलगायतको खेल

 कात्तिक १०, २०७९ बिहिबार ६:५६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज तीन वटा खेल हुँदैछन् । आज समूह ‘बी’ मा रहेका बंगलादेश, दक्षिण अफ्रिका, भारत, नेदरल्यान्डस्, पाकिस्तान, जिम्बाबेको खेल रहेको छ ।

आजको पहिलो खेलमा बंगलादेश र दक्षिण अफ्रिका बिहान पौने ९ बजे सिड्नीमा खेल्दैछन् । त्यस्तै दोस्रो खेलमा पौने १ बजे सिड्नीमै भारत र नेदरल्यान्डस्बिच खेल हुँदैछ ।

आज हुने तेस्रो खेलमा पाकिस्तान र जिम्बाबे पर्थमा दिउँसो पौने पाँच बजे खेल्दैछन् ।

अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् । सुपर १२ को समूह ‘ए’ मा न्युजिल्यान्ड २ खेलमा ३ अंकका साथ शीर्ष स्थानमा छ ।

श्रीलंका, इंग्ल्यान्ड, आयरल्यान्ड र अष्ट्रेलियाले एक खेलमा जित र एक खेलमा हारका साथ २/२ अंक जोडेका छन् । नेटरनरेटको कारण श्रीलंका दोस्रो, इंग्ल्यान्ड तेस्रो, आयरल्यान्ड चौथो र अष्ट्रेलिया पाँचौं स्थानमा छन् । अफगानिस्तान २ खेलमा १ अंकका साथ पुछारमा छ ।

सुपर १२ को समूह ‘बी’ मा बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा छ । दुवै टोलीको समान २ अंक भए पनि नेटरनरेटमा बंगलादेश अघि छ । 

दक्षिण अफ्रिका र जिम्बावे १/१ अंकका साथ तेस्रो र चौथो स्थानमा छन् । यी दुई देशबीचको खेल वर्षाको कारण रद्ध भएको थियो । पाकिस्तान र नेदरल्यान्ड्स भने अंकविहीन छन् ।

पाकिस्तान भारतसँग पराजित भएको थियो । हरेक समूहबाट शीर्ष दुई/दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल नोभेम्बर १३ मा हुनेछ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया