टी–२० विश्व कप : भारतले नेदरल्यान्ड्सलाई ५६ रनले हरायाे

 कात्तिक १०, २०७९ बिहीबार १६:२३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्व कपमा भारतले नेदरल्यान्ड्सलाई हराएकाे छ । सिड्नी क्रिकेट मैदानमा भएकाे खेलमा भारतले नेदरल्यान्ड्सलाई ५६ रनले हरायाे । 

भारतले दिएकाे एक सय ८० रनकाे लक्ष्य पछ्याएकाे नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय २३ रनमात्र बनाउन सक्याे । उसका टिम प्रिङ्गलले २० र काेलिन एकरम्यानले १७ रन बनाए । बलिङतर्फ भारतका भुवनेश्वर कुमार, अर्शदीप सिंह, अक्षर पटेल र रविचन्द्रन अश्विनले दुई/दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे भारतले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर एक सय ७९ रन बनायाे । उसका विराट काेहलीले ६३, राेहित शर्माले ५३ र सूर्यकुमार यादवले ५१ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका फ्रेड क्लासेन र भान मीकिरेनले एक/एक विकेट लिए ।

याे जितसँगै भारत चार अङ्कसहित समूह २ काे शीर्ष स्थानमा उक्लिएकाे छ । नेदरल्यान्ड्सले भने अङ्क जाेड्न सकेकाे छैन । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया