इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचकाे खेल पनि रद्द

 कात्तिक ११, २०७९ शुक्रबार १६:१६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेट अन्तर्गत इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचकाे खेल रद्द भएकाे छ । मेलबर्न क्रिकेट मैदानमा वर्षा नराेकिएपछि यी दुईबीचकाे खेल रद्द भएकाे हाे । 

खेल रद्द भएसँगै दुवै टाेलीले एक/एक अङ्क बाँडेका छन् । याेसँगै इङ्ग्ल्यान्ड तीन खेलमा तीन अङ्कसहित समूह '१' काे दाेस्राे स्थानमा उक्लिएकाे छ । तीन खेलमा उति नै अङ्क भएकाे अस्ट्रेलिया नेट रनरेटकाे आधारमा चाैथाे स्थानमा छ । 

यसअघि आज बिहान आयरल्यान्ड र अफगानिस्तानको खेल पनि वर्षाका कारण रद्द भएकाे थियाे । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया