फेवातालकाे झल्काे दिने पाल्पाकाे तालपाेखरा पर्यटक लोभ्याउँदै (तस्बिरहरू)

 कात्तिक ११, २०७९ शुक्रबार २०:२८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – रामपुरमा रहेको तालपोखरा यति बेला पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ । 

बिदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जोकोहीको रोजाइमा परेसँगै तालपोखरामा पुग्ने पर्यटकको सङ्ख्यासमेत बढ्न थालेको छ । फेवातालको भल्को मेटाउने तालपोखरा दुई दशक अगाडिसम्म सानो पोखरीमा सीमित थियो । तालपोखराको क्षेत्र विस्तार गरी कास्कीको फेवातालको स्वरूप र शैलीमा पूर्वाधार निर्माण गरिएसँगै अहिले यहाँ आउने पर्यटकको सङ्ख्या बढेको हो । 

तालपोखरालाई लुम्बिनी प्रदेश सरकारले एक सय पर्यटकीय गन्तव्यस्थलका रूपमा घोषणा गरेपछि यहाँ पर्यटकको चहलपहल अझ बढेको स्थानीयवासीको भनाइ छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरले समेत दाहिने परेकोे यस तालमा पाल्पासहित रूपन्देही, स्याङ्जा, तनहुँ, पूर्वी नवलपरासीलगायतका छिमेकी जिल्लाबाट अवलोकनका लागि पर्यटक पुग्ने गरेका बताउनुहुन्छ आन्तरिक पर्यटक सागर भुसाल । तालपोखराको अझै प्रचार हुन सके धेरै पर्यटक आउने उहाँले बताउनुभयो ।   

यस तालको पर्यटन प्रवद्र्धनका लागि पालिकाले डुङ्गा दौड प्रतियोगिता सञ्चालन गर्दै आएको छ । गएको तीन वर्ष कोभिड–१९ का कारण थला परेको पर्यटन व्यवसाय सर्वसाधारणलाई खुला गरिएपछि आन्तरिक पर्यटकको मुख्य रोजाइमा तालपोखरा परेको व्यवस्थापन समितिका सचिव सुनिल देवकोटा बताउनुहुन्छ ।  

तीन तहकै सरकार र पर्यटन बोर्डले हातेमालो गरेर अगाडि बढेको खण्डमा विदेशी पर्यटकको अध्ययन र अवलोकनको मुख्य गन्तव्य तालपोखरा बन्ने सचिव सापकोटाको भनाइ छ । 

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया