८२ वटा क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध निर्वाचित
फागुन २८, २०८१ बुधबार
काठमाडौं – सरकारले नयाँ बानेश्वरमा रहेको संगम मिठाई पसलमा शिल गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले अखाद्य वस्तु मिसावट गरेर मिठाई बनाएको भेटिएपछि त्यस मिठाई पसलको उत्पादन केन्द्र र बिक्री वितरण केन्द्र दुवै शिल गरेको हो ।
मंगलबार अनुगमन टोलीले त्यो मिठाई पसलको मिलन चोकमा रहेको उत्पादन केन्द्र र नयाँबानेश्वरस्थित बिक्री वितरण केन्द्र दुवैको अनुगमन गरेको थियो । अनुगमनको क्रममा खाद्य अनुसन्धान अधिकृतहरुले मिठाई बनाउन प्रयोग गर्ने गरेको तेल, पाउडरलगायतका कच्चा सामग्रीहरुको परीक्षण गरेको थियो ।
परीक्षणको क्रममा ७ वर्ष अघिको ‘डेट एक्स्पायर’ भएको पाउडरको समेत प्रयोग भएको पाइएपछि मिठाई पसल शिल गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले जानकारी दिनुभयो । विभागले त्यस पसललाई खाद्य ऐन अन्तरगत कारबाही गर्ने पनि स्पष्ट पारेको छ ।
सरकारले दसैं, तिहारको अवसर पारेर उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन काठमाडौंलगायत देशभरका मुख्य मुख्य सहरमा अनुगमनको कामलाई तीव्रता दिएको हो ।
उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल हुने गरी अखाद्य वस्तु मिसाएको पाइएमा त्यस्ता वस्तु उत्पादन केन्द्रमाथि कडा कारबाही हुने पनि विभागका अनुसन्धान अधिकृत सुवेदीले चेतावनी दिनुभयो । विभागले यस वर्ष अनुगमनको क्रममा उत्पादन केन्द्रको भौतिक अवस्था, कानुनी पक्ष र त्यसमा प्रयोग गर्ने प्रविधिमाथि पनि कडा निगरानी राखेको छ ।
सरकारले खाद्य स्वच्छता अभियान अन्तरगत बजार अनुगमनको कामलाई सुरु गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।