शाहरुख खानको फिल्ममा करीना इन, दीपिका आउट

 जेठ २३, २०७५ बुधबार १८:२२:४४ | एजेन्सी

अभिनेता आमिर खान र प्रियंका चोपडाले अभिनय गर्ने भनिएको फिल्म ‘सेल्यूट’ मा आमिरसँग समय नभएपछि उनले अभिनेता शाहरुखलाई यस फिल्म लागि चुने ।

जब शाहरुख खानलाई यस फिल्मका लागि प्रस्ताव गरियो अभिनेत्री प्रियंकाले पनि फिल्मबाट बाहिरिने निर्णय गरिन् । 

अन्ततः  फिल्म ‘सेल्यूट’ मा शाहरुख खान काम गर्न राजी भए । शाहरुख खान फिल्मका लागि फाइनल भइसकेपछि फिल्म यूनिट अभिनेत्रीको खोजीमा लागेको थियो । फिल्मका लागि पहिलो रोजाइमा दीपिका पादुकोणलाई राखिएको थियो भने अभिनेत्री करीना कपूर खानलाई पनि यस फिल्मका लागि प्रस्ताव गरियो । 

यसअघि शाहरुखका साथ फिल्म ‘ओम शान्ति ओम’ मार्फत बलिउड करिअरको सुरुवात गरेकी अभिनेत्री दीपिकाले शाहरुखका साथ ‘ह्याप्पी न्यू इयर’ ‘चेन्नई एक्सप्रेस’ जस्ता सफल फिल्ममा काम गरिसकेकी छिन । तसर्थ यस फिल्मका लागि दीपिकालाई शाहरुखका साथमा काम गर्ने अनुमान पनि गरिएको थियो । तर फिल्म ‘सेल्यूट’ दीपिकाको हातबाट फुत्किएको छ । 

यस फिल्मका लागि दीपिकाको साटो अभिनेत्री करीना कपूरले बाजी मारेकी छिन । फिल्म निर्माण पक्षले करीनालाई फाइनल गरेको छ । दर्शकले अब फिल्म ‘सेल्यूट’ मा शाहरुख खान र करीना कपूर खानको जोडीलाई हेर्न पाउनेछन ।

हालै अभिनेत्री करीना कपूरले फिल्म ‘वीरे दी वेडीङ’ मार्फत शानदार कमब्याक गरेकी छिन् । जुन फिल्मले अहिले बक्स अफिसमा राम्रो व्यापार गर्दै दर्शकको साथ पाइरहेको छ । फिल्ममा करीनाका अलावा सोनम कपूर, स्वरा भास्कर, शिखा तल्सानियाको प्रमूख भूमिका रहेको छ । करीनाले फिल्म ‘वीरे दी वेडीङ’ मा गरेको अभिनय तथा उनको स्टाइलिस अनि बोल्ड लुकका कारण चर्चा बटुलिरहेकी छिन् ।  

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया