प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि

 कात्तिक १३, २०७९ आइतबार १०:५१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ ।

अहिले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबसँग खेलिरहेको छ।

यस्तै मूलपानीमा नेपाल पुलिस क्लब र बाग्मती प्रदेशले खेलिरहेका छन् । कात्तिक २६ गतेसम्म चल्ने प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० वटा टोलीको सहभागिता रहेको छ । १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको लागि १ करोड ५० लाख रुपैयाँको बजेट रहेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ। 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया